देवघाटको आमडाँडामा खानेपानी ट्याङकी उदघाटन

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २६

देवघाट गाउँपालिका–४ अन्तर्गत आमडाँडा स्थित आमडाँडा धारापानी खानेपानी ट्यांकी उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भयो ।

उक्त खानेपानी ट्यांकीको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्र्दै गाउँपालिकाका अध्यक्ष थापाले सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन विभिन्न कार्यक्रम सन्चालन भईरहेको बताए ।

उपभोक्ता समुहका अध्यक्ष सन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ, गाउँपालिकाका पुर्वाधार शाखाका प्रमुख तिर्थराज ढुङ्गाना, विपद् शाखाका प्रमुख होमबहादुर भारती नेकपा एमालेका जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपाने, नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

कुल ८ लाख १० हजार ५३५ रुपैयाँको लागतमा सम्पन्न भएको उक्त योजनाको लागि देवघाट गाउँपालिकाले ६ लाख ५८ हजार रुपैयाँ उपलब्ध गराएको थियो भने बाँकी उपभोक्ता समुहले बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले