बन्दीपुर केबलकारको उद्धार अभ्यास सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार ६

तनहुँ जिल्ला स्थित बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारको लागि यात्री उद्धार अभ्यास कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको छ। सो उद्धार अभ्यास कार्यक्रममा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी उद्योगी प्लास्टिक इन्टरनेशनल प्रा.लि. साथै तनहुँ स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी र कम्पनीको आकस्मिक उद्धार दल सहित ८७ जनाको सहभागिता रहेको थियो।

भविष्यमा घट्न सक्ने कुनै पनि कठिन भन्दा कठिन घटना वा आपतकालिन समयमा यात्री एवं पर्यटकहरूले कुनै प्रकारको सास्ती अनुभव गर्न नपरोस् भन्ने मनसायले कम्पनीले यस प्रकारको अन्तर्राष्ट्रिय उद्धार प्रदर्शनी आयोजना गरेको दाबी गरेको छ।

बन्दीपुर केबलकार नै यस्तो कम्पनी हो जसले आकस्मिक उद्धारको लागि केबलकारको सिस्टममा नै अतिरिक्त मोटर एवं इन्जिन र सुरक्षा सम्बन्धी उपकरणहरू जडान गरेर यात्री तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिएको छ। पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसअघि नै अन्तर्राष्ट्रिय गुणस्तर एवं सुरक्षण ग्यारेन्टी प्रमाणपत्र टियुभी समेत प्राप्त गरिसकेको छ।

गत जेष्ठ ३१ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको केबलकारमा पर्यटकहरूको राम्रो र सकारात्मक आकर्षण बढेको देखिँदै गर्दा उद्धार अभ्यासका लागि बुधवारका दिन केबलकार सेवा बन्द गरिएको कार्यकारी निर्देशक शिवप्रसाद शर्माले बताउनुभयो भने बिहीवार बिहान पनि अन्तिम अभ्यास गरेर १० बजेदेखि नियमित केबलकार सेवा सञ्चालन हुने महाप्रबन्धक रोमन मान श्रेष्ठले बर्ताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु