सुर्य नेपाल प्रा.लि.द्वारा दमौली अस्पतालमा डायलाइसिस मेसिन प्रदान

Devghat Online

शेयर गरौ

दमौली, असार ९

सुर्य नेपाल प्रा.लि.ले दमौली अस्पतालको लागि दुईवटा हेमोडायलाइसिस मेसिन उपलब्ध गराएको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको हो ।

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् ।

अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले  जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।

सो अवसरमा तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्ले, जिल्ला समन्वय समितिका प्रमुख एवं दमौली अस्पताल व्यवस्थापन समितिका प्रमुख शान्ति रमण वाग्ले, प्रमुख जिल्ला अधिकार जनार्दन गौतम, प्रहरी उपरीक्षक अपिलराज बोहोरा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो