उपप्रधानमन्त्री महासेठद्वारा पृथ्विराजमार्गको निरिक्षण, समयमै काम सक्न निर्देशन

Devghat Online

शेयर गरौ

दमौली, असार ८

उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातयात मन्त्री रघुविर महासेठले शनिबार पृथ्विराजमार्ग अन्तर्गतको निर्माणाधिन मुग्लिन–पोखरा सडक खन्डको स्थलगत निरिक्षण गरेका छन् ।

मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशक समेतलाई साथमै ल्याई मन्त्री महासेठले सडक विस्तार अभियानको निरिक्षण गरेका थिए । सो क्रममा मन्त्री महासेठले उक्त राजमार्गको पुर्वीखन्डको काम सन्तोषजनक भएको बताए । पछिल्लो पटक म्याद थपिएको समयभित्रै काम सम्पन्न गर्न मन्त्री महासेठका आयोजनाका प्रमुखलाई निर्देशन दिएका थिए । मन्त्री महासेठले आयोजनालाई बजेट अभाव नहुने भन्दै निर्धारित समयमा गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए ।

सो क्रममा मुग्लिन–पोखरा सडक विस्तार आयोजना पुर्वी खन्डका प्रमुख श्यामकुमार यादवले आयोजनाको प्रगतिको बारेमा जानकारी गराएका थिए । आयोजनाको पुर्वी खन्डका सुचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार उक्त सडक खन्डमा हालसम्म ६२ प्रतिशत भौतिक प्रगति भईसकेको छ । साथै दमौलीको मादी नदीमा निर्माणाधिन मोटरेबल पुल हालसम्म ३० प्रतिशत भौतिक प्रगति भईसकेको छ ।

आयोजनाले हालै आबुखैरेनी गाउँपालिका अगाडी सय मिटर सडकमा ट्रायलको रुपमा अन्तिम लेयरको कालोपत्रे गरेको छ । उक्त ट्रायल सफल भएपछि हाल कालोपत्रे भएको सबै खण्डमा अन्तिम लेयरको कालोपत्रे गरिने सुचना अधिकारी इन्जिनियर पाण्डेले बताए ।
यसैविच विश्वबैंकका प्रतिनिधिलाई समेत ल्याएका मन्त्री महासेठले आबुँखैरेनी–मुग्लिन सडकको बैकल्पिक खन्डमा सडक निर्माण गरिने क्षेत्रको पनि निरिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि