एमाले देवघाटका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण

Devghat Online

शेयर गरौ

देवघाट, असार ११

नेकपा एमाले देवघाट गाउँ कमिटिको दोश्रो अधिवेशनबाट निर्वाचित कमिटिको सपथग्रहण कार्यक्रम मंगलबार देवघाट–५ स्थित सिटी हलमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा गाउँ कमिटिका निर्वाचित अध्यक्ष भिमबहादुर गुरुङलाई नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलले र अन्य पदाधिकारी र सदस्यहरुलाई गाउँ कमिटिका अध्यक्ष गुरुङले सपथ खुवाएका थिए ।

सो अवसरमा नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पुर्व मन्त्री किरण गुरुङ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, गन्डकी प्रदेश कमिटिकी सदस्य कृष्णकुमारी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा देवघाट गाउँपालिकाका नेकपा एमालेका जिल्ला कमिटिका सदस्य, पुर्व जिल्ला कमिटि सदस्य तथा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

एमाले देवघाटको दोश्रो अधिवेशनबाट अध्यक्षमा भिमबहादुर गुरुङ, उपाध्यक्षमा भोजराज नैनावस्ती, सचिवमा सान श्रेष्ठ, खुल्ला उपसचिवमा हर्कबहादुर थापा र महिला उपसचिवमा सावित्री न्यौपाने सहित ३१ सदस्यिय गाउँ कमिटि निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र