पहिरोले देवघाटका विकको परिवार बिचल्लीमा

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट असार १३

पहिरोले घर क्षतीग्रस्त भएपछि देवघाट गाउँपालिका वडा नम्बर २ खाल्टेका सन्तबहादुर बिकको परिवार बिचल्लीमा परेको छ ।

गत असार ९ गते राती आएको पहिरोले सन्तबहादुरको घरमा क्षती भएको छ । सन्तबहादुर भने कामको शिलशिलामा हाल भारतमा छन् भने घरमा २ छोरा मात्र बस्छन् । सन्तबहादुरको १८ बर्षिय छोरा सन्तोषले घरमाथीबाट लेदो सहित आएको पहिरोले घरमा क्षती भएको हुँदा घरमा बस्न नहुने बताए ।

विहान ४ बजे घरमाथीबाट एक्कासी आएको पहिरोले घर क्षतीग्रस्त भएको उनले बताए । सन्तबहादुरकी पत्निको तिन महिना अघि मृत्यु भएको थियो । आमाको मृत्यु भएको र बुवा भारतमा काम गर्न गएको अवस्थामा पहिरो घर क्षती भएपछि आफुहरुको बिचल्ली भएको सन्तोषले बताए ।

उनले आफ्नो दुखमा सहयोग गर्न स्थानीय सरकार तथा स्थानीय बासिन्दाहरुसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता