देवघाट, असार १३
देवघाट गाउँपालिका–१ कोटा स्थित पार्वती माविका छात्र तेजेन्द्र सुनारी मगर यस वर्षको एसइई परिक्षामा देवघाट गाउँपालिकाका सामुदायिक विद्यालयका परिक्षार्थी मध्ये प्रथम भएका छन् । उनले विहिबार सार्वजानिक भएको एसइई परिक्षाको नतिजामा ३.३३ जिपिए ल्याएको पार्वती माविका प्रअ राजु गिरीले जानकारी दिए ।
देवघाट गाउँपालिका भित्रका ८ वटा सामुदायिक विद्यालयका परिक्षार्थी मध्ये पार्वती माविका सुनारी प्रथम भएको प्रअ गिरीले दावी गरे । पार्वती माविले विगतको नतिजामा पनि देवघाटमै उत्कृष्ट हुँदै आएको थियो ।
उक्त विद्यालयबाट एसइईमा २२ जना परिक्षार्थी सहभागी भएकोमा १० जना उत्तिर्ण तथा ८ ग्रेड बृद्धि तथा ४ जनाको एनजी नतिजा आएको छ ।