पार्वती माविका सुनारी एसइईमा देवघाट प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, असार १३

देवघाट गाउँपालिका–१ कोटा स्थित पार्वती माविका छात्र तेजेन्द्र सुनारी मगर यस वर्षको एसइई परिक्षामा देवघाट गाउँपालिकाका सामुदायिक विद्यालयका परिक्षार्थी मध्ये प्रथम भएका छन् । उनले विहिबार सार्वजानिक भएको एसइई परिक्षाको नतिजामा ३.३३ जिपिए ल्याएको पार्वती माविका प्रअ राजु गिरीले जानकारी दिए ।

देवघाट गाउँपालिका भित्रका ८ वटा सामुदायिक विद्यालयका परिक्षार्थी मध्ये पार्वती माविका सुनारी प्रथम भएको प्रअ गिरीले दावी गरे । पार्वती माविले विगतको नतिजामा पनि देवघाटमै उत्कृष्ट हुँदै आएको थियो ।

उक्त विद्यालयबाट एसइईमा २२ जना परिक्षार्थी सहभागी भएकोमा १० जना उत्तिर्ण तथा ८ ग्रेड बृद्धि तथा ४ जनाको एनजी नतिजा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता