दमौलीमा रास्वपाको अन्तरिक्रया सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, साउन २०

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति तनहुँको आयोजनामा आइतबार जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम दमौलीमा सम्पन्न भयो ।

सो कार्यक्रममा बोल्दै रास्वपाका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेलले तनहुँमा पहिलो पटक सबैभन्दा धेरै बजेट विनियोजन गर्न आफुहरु सफल भएको भन्दै उक्त बजेटलाई कार्यान्वयन गर्न रास्वपाका कार्यकर्ताहरुले सहयोग गर्नु पर्ने बताए ।

रास्वपा तनहुँका संयोजक विश्व वास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा सांसदद्वय शिशिर खनाल र गणेश पराजुली तथा नेता पुकार वम, श्रीराम न्यौपाने लगायतले सम्बोधन गरेका थिए । सो कार्यक्रमको सन्चालन जिल्ला सह संयोजक सुर्यमणी पौडेलले गरेका थिए ।

उक्त कार्यक्रममा रास्वपाका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक