रेडक्रस देवघाटद्वारा १२ हजार ८ सय राहत संकलन

Devghat Online

शेयर गरौ

देवघाट, साउन २८

नेपाल रेडक्रस सोसाईटी देवघाट उपशाखाले प्राकृतिक प्रकोपका पीडितहरुको लागि गरेको राहत संकलनमा १२ हजार ८ सय रुपैयाँ संकलन भएको छ । उक्त रकम साउनको तेश्रो र चौंथो सोमबार संकलन भएको हो । रेडक्रसले देवघाटमा आएका भक्तजनहरुसँग राहत संकलन गरेको हो ।

देशका विभिन्न भागमा भएको प्राकृतिक प्रकोपका पीडितहरुको लागि राहत उपलब्ध गराउने उद्देश्यले राहत सकंलन गरिएको रेडक्रस देवघाट उपशाखाका कोषाध्यक्ष माधव उपाध्यायले जानकारी दिए । यस अघि पहिलो साताको सोमबार ३ हजार ८७० रुपैयाँ राहत संकलन भएको उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक