५० हजार भक्तजनद्वारा देवघाट स्नान

Devghat Online

शेयर गरौ

देवघाट, साउन २८

देवघाटधाममा साउनको प्रत्येक सोमबार हुने बोलवम मेला (देवघाट स्नान) साउनको अन्तिम सोमबार अन्य साताको भन्दा भक्तजनको संख्या उल्लेख्य रहेको थियो । साउनको अन्तिम सोमबार करिब ५० हजार भक्तजनले देवघाट स्नान गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।

साउनको चारवटा सोमबार करिब १ लाख ३० हजार भक्तजन देवघाटमा आएको बरालले बताए । पहिलो र दोश्रो सोमबार धेरै भक्तजन नआएपनि तेश्रो र चौंथो शनिबार भने बिगतको भन्दा बढि भक्तजन आएको बरालले कार्यकारी निर्देशक बरालले बताए । सुरुका दुई वटा सोमबारमा बाढी, पहिरो र अविरल बर्षाको कारण धेरै भक्तजन नआएको हुन सक्ने बरालले बताए ।

चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आउने गर्छन् ।

साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए ।

साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । साउनको चारवटै सोमबार सकिएपनि तिथीको हिसाबले भने भदौको पहिलो सोमबारलाई पनि साउने सोमबारको रुपमा मानिने हुँदा उक्त दिन पनि देवघाट स्नान गर्न आउने बरालले बताए । यद्यपी उक्त दिन जनै पुर्णिमा पर्व परेको हुँदा हालसम्मका सोमबार जति भक्तजन नआउने उनले बताए । बोलवमको मेला देवघाटको धार्मिक पर्यटन प्रबद्र्धनकोलागि निकै महत्वपुर्ण मानिन्छ ।

मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

भक्तजनको सुरक्षाको लागि नदि किनारमा बिजुली बत्तिको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि डोरी सहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिएको थियो भने मेलामा आउने भक्तजनको सुरक्षाकोलागि साउन महिना भर इलाका प्रहरी कार्यालय देवघाट मार्फत सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना