देवघाटमा १८८ योजना मध्ये १६२ वटा उपभोक्ता समिति मार्फत सन्चालन

Devghat Online

शेयर गरौ

देवघाट, साउन ३०

देवघाट गाउँपालिकाले आर्थिक वर्ष ०८०।८१ मा कुल १८८ योजना मध्ये १६२ योजना उपभोक्ता समिति मार्फत सन्चालन गरेको छ । गाउँपालिकाका अनुसार बाँकी २६ वटा योजना मात्रै टेन्डर प्रक्रियाबाट निर्माण व्यवसायी मार्फत सन्चालन गरिएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा दमौलीमा सम्पन्न जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रममा देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले प्रस्तुत गरेको देवघाटको प्रगति विवरण अनुसार उक्त योजना मध्ये ५९ वटा योजना गाउँपालिका स्तरीय रहेको छ भने १२९ वटा योजना वडास्तरले सन्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

कुल १८८ योजना मध्ये ५० लाख भन्दा बढिको योजना ८ वटा रहेको छ भने ५ लाख देखी ५० लाख सम्मको योजना ८७ वटा र ५ लाख भन्दा कम बजेटको योजना ९३ वटा रहेको छ । यसरी खुद्रे योजनामा बजेट विनियोजन गर्दा प्रभावकारी काम भने देखिएको छैन ।

ठुला योजना अलपत्र

ठुलो योजना मध्ये घिनाटार–टाउनचोक सडक कालोपत्रे योजना, १० शैयाको आधारभुत अस्पताल निर्माण कार्य, मधुचन्द्र कवर्डहल निर्माण कार्य अलपत्र बनेको छ ।

एम्बुलेन्स छैन, ३० वटा मोटरसाइकल खरिद

देवघाट गाउँपालिकाले ३० वटा मोटरसाईकल खरिद गरेर सन्चालन गरेको छ भने ३ वटा चारपाङग्रे सवारी साधन सन्चालन गरेको छ । जसमा २ वटा भाडामा लिएको छ । अन्य सवारी साधनमा १ वटा ट्याक्टर रहेको छ । एम्बुलेन्स, शव बहान, दमकल, जेसिभी जस्ता अत्यावश्यक सवारीसाधन भने देवघाट गाउँपालिकासँग रहेको छैन ।

अनुगमन समितिको बैठक २७ पटक

त्यस्तै भत्ता प्राप्त हुने अनगुमन तथा सुपरिवेक्षण समितिको बैठक १ वर्षमा २७ पटक बसेको छ । त्यस्तै सबै वडामा ३० पटक उक्त अनुगमन समितिको बैठक बसेको गाउँपालिकाले जनाएको छ ।

स्थायी र करार कर्मचारी बरारबर

देवघाटमा स्थायी र करारका कर्मचारीको संख्या बराबर रहेको छ । कुद ९३ कर्मचारी कार्यरत रहेकोमा स्थायी कर्मचारी ४७ र करारका कर्मचारी ४६ जना रहेका छन् । जसमा अधिकृत स्तरमा १६ स्थायी र १ करार, सहायक स्तरमा २९ स्थायी र २१ करार, श्रेणी विहिनमा २ स्थायी र १८ करार तथा नगर प्रहरी ६ जना करारका कर्मचारी रहेका छन् ।

स्थास्थ्य तर्फ ४२ जना कर्मचारी कार्यरत रहेकोमा २२ जना स्थायी र २० जना करारका कर्मचारी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को