बोस्टन कलेज‌को ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

चितवन, भदौ ०१ ।

बोस्टन कलेज‌ भरतपुरले  व्यवस्थापन शिक्षासँग जोड्ने उदेश्यले ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ कार्यक्रम सम्पन्न गरेको छ ।

बित्त क्षेत्रसँग सम्बन्धित बैंक, बिमा, शेयर बजार, उ‌द्योग, बाणिज्य र उच्च शैक्षिक संस्थालाई एउटै मन्चमा ल्याएर वित्त क्षेत्रमा आएका नवप्रवर्तनको बारेमा साक्षात्कार गराई व्यबस्थापन शिक्षासँग जोड्ने उ‌द्देश्यका साथ दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त (इनोभेटिभ फाइनान्स फर सस्टेनएबल इकोनोमी) विषयक खुला छलफल कार्यक्रम सम्पन्न गरेको  कलेजको भनाई छ।

कलेजका अध्यक्ष आनन्द बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका एमबिए सहायक निर्देशक शिखर लामिछानेले बोस्टन कलेजले संचालन गरिरहेको कार्यक्रमका उत्कृष्टताको बारेमा प्रकाश पार्दै बिबिए फाइनान्स कार्यक्रमको बिशेषता र यसको क्षेत्र बारे प्रकाश पारे कार्यक्रमका विज्ञ सहजकर्ता, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै वर्तमान व्यवस्थापन शिक्षाले परम्परागत वित्तमा मात्र सिमित नरही नवप्रवर्तनीय वित्तसँग सम्बन्धित विषयवस्तुलाई समेट्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रमका अर्का वक्ता सिएफओ सेन्टर इन्डियाका क्षेत्रीय निर्देशक सन्दिप चुगले सिएफओ को भूमिकामाथि प्रकाश पार्दै वित्तशास्त्रको औचित्यमाथि प्रकाश पारे । यसैगरी त्रिभुवन विश्ववि‌द्यालय व्यवस्थापन विभागका प्राध्यापक डा राधेश्याम प्रधान‌द्वारा बिबिए फाइनान्सको भविष्य एकदमै उज्वल रहेको कुरामा जोड दिदै विद्यार्थीहरुलाइ यसमा दक्षता हासिल गर्न सुझाव दिए ।कार्यक्रमका अध्यक्ष आनन्द बहादुर चन्दले बोस्टन कलेज गुणस्तरीय शिक्षामा विगत १६ वर्षदेखि समर्पित रहदै आएको बताए । बिबिए फाइनान्स र बिएचएम जस्ता कार्यक्रमहरुलाई पनि उत्कृष्टताका साथ संचालन गर्न समर्पित रहने उनले प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बिबिए फाईनान्स पढ्न ईच्छुक करीब ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय