लायन्स क्लव भरतपुर उज्यालोद्वारा देवघाटधाम परिसरमा सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १

लायन्स क्लव अफ भरतपुर उज्यालोले शनिबार पवित्र तिर्थस्थल देवघाटधाममा वृहत सरसफाइ तथा फोहोर व्यवस्थापनको लागी आवश्यक ठाउँमा डस्टविन राख्ने कार्यक्रम सम्पन्न गरेको छ । देवघाटधाममा एक महिना लामो बोलवम मेला सकिएपछि लायन्स क्लवका पदाधिकारीहरुले सरसफाई गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशन्नल ३२५ आरका सेकेन्ड भाइस गभर्नर प्रभाकर पन्डित प्रमुख अतिथि रहेका थिए । डिस्ट्रिक एक्ज्जुकेटिभ चिफ सुरज पाठक ,क्लस्टर सचिव अजामिन ढकाल, जोन चेयर पर्सन मोहन केसि लगायत लायन्स लिडर हरुको र स्थानिय समाजसेविहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीले सहयोग गरेको थियो । कार्यक्रम सफल वनाउन सहयोग गर्ने कार्यक्रम संयोजक क्लव सचिव विष्णु श्रेष्ठ, समन्वयमा सहयोग गर्ने द्वित्तिय उपाध्यक्ष किशोर रावल, संस्थापक अध्यक्ष रितु गिरी, पुर्व अध्यक्षहरु लक्ष्मी रिजाल, एकराज वुर्लाकोटी, निराजन गौली, लायन्स क्लव अफ भरपुर आयामका अध्यक्ष कमला तिमिल्सेना लगायत क्लवका पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको लायन्स क्लव अफ भरतपुर उज्यालोकी वर्ष २०२४–२५ की अध्यक्ष अमृता भट्टराईले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण