दमौली–छाब्दी मार्ग अतिक्रमण, दुर्घटनाको जोखिम बढ्दै

Devghat Online

शेयर गरौ

दमौली, भदौ ११

मंगलबार दमौलीबाट छाब्दी बाराही मन्दिर जाँदै गरेको यात्रुवहाक वस व्यास नपा–१२ को गौंडाको पहरामा सामान्य दुर्घटनामा प¥यो । उक्त सडकमा बिग्रिएर बसेको सवारीलाई साइड च्यापेर अगाडी जाने क्रममा उक्त वस सडक छेउको घाँसे जमिनमा चिप्लिएको थियो । तर धन्न त्यसक्रममा कुनै ठुलो दुर्घटना भने हुन पाएन ।

४० फुट चौडाइको उक्त दमौली–छाब्दी मार्ग मुस्किलले १५ फुट पनि कालोपत्रे छैन । नक्सामा ४० फुटको कायम भएपनि ६ मिटरको कालोपत्रे भागमात्रै सडकमा परेको छ । उक्त पर्यटन मार्गको लगत कट्टा नहुँदा सडक अतिक्रमण भएको स्थानीय बासिन्दाहरुको भनाई छ । सडकको लगत कट्टा नहुँदा केही कच्ची घर टहरा सडक क्षेत्रमा नै बनेका छन् । सडकको पुरै सिमाना कायम गर्न कसैको पनि चासो नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

उक्त मार्गको मापदण्डभित्र दायाँबायाँ स्थानीय बासिन्दाले घाँस लगाएर झन सडकलाई साँघुरो बनाएका छन् । स्थानीय सरकार मातहतको उक्त सडकको संरक्षण व्यास नगरपालिकाले नै गर्नुपर्छ । व्यास नपाले उक्त सडकको नियमानुसार लगत कट्टा गरेर सडक सिमा कायम नगर्ने हो भने भविष्यमा उक्त सडकमा ठुलो दुर्घटना नहोला भन्न सकिन्न । सडक साँघुरो भएको कारण दुई तर्फी सवारी भेट हुँदा निकै अप्ठ्यारो हुने गरेको सवारी चालकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।