छाब्दीवाराही मन्दिरको पुनर्निर्माण सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ ११

व्यास नगरपालिका–१४ स्थित तनहुँको प्रसिद्ध छाब्दीवाराही पुननिर्माण सम्पन्न भएको छ । गन्डकी प्रदेश सरकार र छाब्दी बाराही विकास कोषको आन्तरिक कोषको करिब ७० लाख रकमबाट उक्त मन्दिरको पुनर्निर्माण भएको हो ।

प्यागोडा शैलीमा पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख उपलब्ध गराएको थियो भने विकास कोषको आन्तरिक कोषबाट ४६ लाख लगानी गरिएको कोषका अध्यक्ष थापाले बताए । करिब एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन समेत गरिएको छ ।

मगरजातीका पुजारीले पुजा गर्ने उक्त मन्दिरमा साउन महिनाभर तथा एकादशी र औँसी बाहेकका अन्य सबै नित्य पुजा हुने र उक्त दिनहरुमा हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले