झाँगाझोलीली एग्रो टुरिजम पार्कः पर्यटनको नयाँ गन्तव्य

Devghat Online

शेयर गरौ

दमौली, भदौ ११

शुक्लागन्डकी नपा–५ मा रहेको झाँगाझोली एग्रो टुरिजम पार्क पर्यटनको नयाँ गन्तव्य बनेको छ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा पर्ने पर्यटकीय स्थल झाँगाझोलीको झल्को दिने गरि सोही नाममा शुक्लागन्डकी नपा–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट २ दशमलव ५ किलोमिटर दुरीमा उत्तरतर्फ झाँगाझोली एग्रो टुरिजम र्पाक सन्चालनमा आएको छ ।

विपी राजमार्ग स्थित सिन्धुली जिल्लाको झाँगाझोलीमा रहेका ऐतिहासिक, साँस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदा समेटेर शुक्लागन्डकीमा पनि ‘झाँगाझोली एग्रो टुरिजम प्रालि’ ले बृहत गुरु योजना तयार पारी ‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ ।

झाँगाझोली शुक्लागन्डकीको प्रसिद्ध तिनखोले देवी मन्दिर जाने बाटोमा पर्छ । झाँगाझोलीबाट तिनखोले मन्दिर ५ किलोमिटर अगाडि रहेको छ । झाँगाझोली पार्कको काखबाटै बग्ने कुम्ले खोलाको सुसेलीले झाँगाझोलीलाई थप मनमोहक बनाएको छ । खोलाको वरपर रहेको घना जंगलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोलीको पर्यटकीय सम्भावना अझ बलियो बनाएको छ । यहाँ रहेको घना जंगलको उपयोग गर्न सके आध्यात्मिक गतिविधिको लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने प्रचूर सम्भावना रहेको छ ।

यहाँको झाँगाझोलीको बृहत् गुरु योजना अन्तर्गत सिन्धुलीको झाँगाझोलीमा रहेका विभिन्न मठ मन्दिर तथा अन्य धार्मिक तथा पर्यटकीय पुर्वाधारहरु निर्माण गरिएको छ । सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालिमाटी, लक्ष्मीडाँडा, जस्ता गाँउहरुको नामबाट घरहरु निमार्ण गरिएका छन् भने सातवटै प्रदेशका विशिष्टिकृत, उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक कोसेली घर समेत निमार्ण गरिएको छ ।

झाँगाझोलीको विशेष आकर्षण ‘गौरादेवी नेचुरल हर्वल पार्क’ हो । विशेष तरिकाले निर्मित हर्वल पार्कमा विभिन्न जातका जडीबुटी रहेका छन् । जडीबुटी लगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ विभिन्न जातका पंक्षी, जनावरका मुर्ती राखिएका छन् । उक्त स्थानलाई ‘शैक्षिक हब’ का रुपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित जडिबुटी र वनस्पति रोपिएको बढाइएको सञ्चालक उज्वल पौडेलले बताए । उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्लालगायत औषधिजन्य जडीबुटी लगाइएको छ । पार्कमा रुद्र कुण्ड, रुद्र घण्ट मठमन्दिर समेत रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ ले पर्यटकलाई भरपुर मनोरन्जन दिईरहेको छ । विशेषतः सार्वजनिक विदाका दिन औषत तिन सय भन्दा बढी आन्तरिक पर्यटकहरुको आवतजावत हुने गरेको छ ।

झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पुर्ण निमार्णका काममा केहि समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापन भैरहेको प्रबन्धक शंकर अधिकारीले बताए । झाँगाझोली एग्रो टुरिजम प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोली बीचको सम्बन्धलाई सुमधुर गराउने र मुलुककै कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान समेत दिन सक्ने आशा गरिएको अधिकारीले बताए ।
झाँगाझोलीको पर्यटन प्रवद्र्धन तथा समृद्धीको लागि संघीय सरकारले झाँगाझोली देखि दरगाँउ सडक स्तरोन्नतीको लागी ३५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ । साथै खैरनीटार देखि झाँगाझोली चोकसम्मको सडक कालोपत्रे गर्ने योजना समेत रहेको छ । झाँगाझोलीमा डेढ करोड लगानीमा करिब १७ रोपनी क्षेत्रफलमा आकर्षक रिसोर्ट तथा पार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

झाँगाझोली हुँदै बग्ने कुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि थापाले बताए । पछिल्लो समय झाँगाझोलीमा मानिसहरुको आवागमनले यस क्षेत्रमा चहलपहल बढ्दै गएको पर्यटकीय गन्तव्यका रुपमा परिचित बन्दै गएको वडा अध्यक्ष थापाले बताए ।

घना जङ्गल विचमाको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक अधिकारीले बताए । खोलाको वरपर रहेको घना जङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ ।

सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष पनि नर्माण गरिएको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर मार्फत घुम्न आउने पर्यटकलाई जानकारी गराइने छ । हाल सुनकोशी गाउँपालिकाअन्तर्गत रहेको दुम्जा कोइरालाहरुको पुख्र्यौली थलो मानिन्छ । पूर्वप्रधानमन्त्री विपी कोइराला, मातृका कोइराला र गिरिजाप्रसाद कोइरालाको बुबा कृष्णप्रसाद कोइरालाको जन्मथलो झाँगाझोलीको दुम्जा हो । सूचना कक्षमार्फत यस बारेमा पनि प्रचारप्रसारसमेत गरिनेछ ।

झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पूर्ण निमार्णका काममा केही समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापनसहितको रिर्साेट पनि सञ्चालनमा ल्याइसकेको छ । झाँगाझोली क्षेत्रलाई ऐकेडेमी रिसोर्टका रुपमा अघि बढाउने लक्ष्य रहेको छ । विभिन्न जातका जडीबुटीका रूखबिरुवा हेर्न र त्यसको महत्वका बारेमा जानकारी गराइने छ । विभिन्न देवीदेवता, वन्यजन्तुहरुको मूर्ति निर्माण गरी तिनका बारेमा घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको सन्चालक बासुराज दाहालले बताए । लोकवाणी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय