घिरिङमा जिप दुर्घटना हुँदा तीन जना घाइते

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, भदौ १८

मानपुर–डेडगाउँ सडक खण्ड अन्तर्गत घिरिङ गाउँपालिका–४ पुर्कोट बरभन्ज्याङ्गमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

१२ जना यात्रु बोकेर भिमादबाट नवलपुरको बुलिङ्गटार तर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको जिप ब्रेकफेल भई ढिस्कोमा ठोक्किई दुर्घटना भएको उक्त जिपका सह–चालकले बताए । घाइते हुनेहरुमा ऋषिङ्ग गाउँपालिका–५ घर भएका जिप चालक २९ बर्षिय सोम कुमार श्रेष्ठ, बुलिङ्गटार गाउँपालिका–३ स्वामिडाँडा नवलपुरकी ४० बर्षिया तिला बिक र उनकी १९ छोरी १९ बर्षिया अस्मिता विक रहेकी छिन् ।

चालक श्रेष्ठ र तिलाको हात भाँचिएको छ भने अस्मिताको टाउकोमा चोट लागेको पोखरीछाप प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक उमेश कुमार यादबले जानकारी दिए ।

घाइतेहरुलाई उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाईएको यादवले जानकारी दिए । घाइतेहरुलाई वडा अध्यक्ष भिम बहादुर कुमाल, प्रहरीको टोली र स्थानीयहरुले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा