देवघाट महिला सन्जालले तीज विशेष कार्यक्रम गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १८

महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा देवघाट गाउँपालिकाको सहयोगमा देवघाट महिला सन्जालले तीज विशेष कार्यक्रम गर्ने भएको छ । देवघाट गाउँपालिकाका सबै महिला दिदी बहिनीहरुलाई समावेश गरि सन्जालले हरितालिका तिजको दिन भदौ २१ गते देवघाट गाउँपालिका–५ मा रहेको हाटबजारमा विहान ११ बजेबाट तीज विशेष कार्यक्रम गर्न लागेको सन्जालकी सचिव एजिला अधिकारीले जानकारी दिइन् ।

अप्रतियोगी रुपमा सन्चालन गरिने उक्त कार्यक्रममा महिला दिदी बहिनीहरुले गाउने गित नारी जागरण तथा सशक्तिकरणसँग सम्बन्धित हुनुपर्ने, उपस्थिती हुने महिला दिदी बहिनीहरुले लगाउने पोशाक स्थानीय कला र संस्कृती झल्कने हुनुपर्ने सन्जालकी सचिव अधिकारीले बताइन् ।

आफ्नो प्रस्तुतीमा कुनै व्यक्ति, धर्म, संस्कृति, सम्प्रदाय, राजनीतिक दल तथा अन्य विशेष समुहहरुलाई आक्षेप लगाउन नपाउने नियम राखिएको सचिव अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले