देवघाटमा तीज विशेष कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २१

हरितालिका तीजको अवसरमा देवघाट गाउँपालिकाको आर्थिक सहयोग तथा देवघाट महिला सन्जालको आयोजनामा शुक्रबार देवघाट गाउँपालिका–५ हाटबजार स्थलमा हरितालीका तीज विशेष कार्यक्रम भब्यरूपमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा महिला दिदी बहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा तीज सम्बन्धि गीत र नाच प्रस्तुत गरिएको थियो । देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवघाट गाउँपालीका अध्यक्ष तिलबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत प्रमुख गौरीप्रसाद आचार्य तथा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, महिला सन्जालका पदाधिकारी तथा सदस्यहरु, विभिन्न आमा समुहहरू तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सन्चालन देवघाट महिला सन्जालकी सचिव एलिजा अधिकारीले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी