श्रेष्ठले ओलीलाई भेटेपछि घनश्यामले फोन गरेर सोधेः ओली कमरेडसँग के कुराकानी भयो ?

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ २१

नेकपा (एकीकृत समाजवादी) का नेता एवम् सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

बुवाको मुख हेर्ने दिन पारेर ओलीलाई भेट्न श्रेष्ठ बालुवाटार नै पुगेका थिए । श्रेष्ठ त्यहाँ पुग्दा ओलीलाई भेट्न आउनेहरूको भीड थियो । तैपनि उनले ओलीलाई एक्लै भेटे र बधाई दिए । साथमा आशीर्वादसमेत ग्रहण गरे ।

“उहाँ बुवासमानको नेता हुनुहुन्छ,” श्रेष्ठले भने, “त्यसैले मैले भेटेको हुँ उहाँलाई । अहिले पो हामी फरक पार्टीमा छौँ त । हिजो त हामी एउटै पार्टीमा थियौँ, उहाँ हाम्रो अभिभावक हुनुहुन्छ ।”

ओलीलाई भेटेको थाहा पाएपछि उनलाई पार्टी महासचिव घनश्याम भुसालले फोन गरेका थिए । उनले सोधेका थिए, “‌‌ओली कमरेडसँग के कुराकानी भयो ? तपाईं, हामी भेट गर्नुपर्‍यो । कहाँ भेटौँ, कतिबेला भेटौँ ?”

श्रेष्ठ महासचिव भुसालले एमाले प्रवेश गर्छन् कि भन्ने आशङ्कासहित फोन गरेको बताउँछन् । “मैले तपाईंहरूले सोचेझैँ होइन भनेर भनिदिएँ । उहाँहरूले आशङ्कासहित फोन गर्नुभएको थियो होला,” उनले भने ।

उनले आफूले एमाले प्रवेश गर्नेबारे नसोचेको बताए । उनी भन्छन्, “अब जा कि जा भनियो भने त जानै पनि पर्‍यो, के गर्ने । तर, एमालेमा फर्किने सोचेको छैन । तर, माधव नेपालले भनेजस्तो पार्टीचाहिँ बनाउनुभएन ।”

त्यसो त श्रेष्ठ पार्टी नेतृत्वसँग खुसी छैनन् । उनले पार्टीलाई जनतामाझ पुर्‍याउनेगरी नेतृत्वले सङ्गठन विस्तार नगरेको बताउँदै आएका छन् । उनले भने, “म त तराई बाराबाट जितेको मान्छे हुँ । त्यहाँ पार्टीलाई थप सुदृढ बनाउन सहज हुनेगरी अहिलेको केन्द्रीय कमिटी नै बनेको छैन । अनि कसरी बन्छ पार्टी ”

त्यसो त श्रेष्ठ एकीकृत समाजवादी बन्नुभन्दा अगाडि एमालेमै थिए । माधव नेपालले एमाले फुटाएर एकीकृत समाजवादी बनाउँदा उनी त्यतै लागेका थिए ।

उनी बेलाबेला एमाले फर्किने चर्चासमेत चलिरहन्छ । यहीकारण ओलीलाई भेटेपछि महासचिव भुसालले फोन गरेर के कुराकानी भयो भनेर सोधेका हुन् । सम्भवतः महासचिव भुसालले लाग्यो होला, अब किसान श्रेष्ठ एमालेमा फर्किहाले ।

तर, आफूले एमालेमा फर्किनेबारे नसोचेको श्रेष्ठले बताएका छन् । नेपाल भ्युजडटकमबाट 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको