जामुनेमा तीज गीत प्रतियोगिता सुरु, सांसद न्यौपानेद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

दमौली, भदौ २१

न्यु भिजन युथ क्वल म्याग्दे गाउँपालिका–२ जामुनेको आयोजनामा खुल्ला तीज गीत प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । उक्त तीज गीत प्रतियोगिताको राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले उद्घाटन गरिन् । प्रतियोगिता उद्घान गर्दै सांसद न्यौपानेले तीज गीतको माध्यमबाट राजनीतिक र सामाजिक विकृति विरुद्ध प्रहार गर्नुपर्ने बताइन् ।

भिरपानी सामुदायिक वन उ.समुह, जामुने टोल विकास संस्था, जामुने खानेपानी तथा सरसफाई उपभोक्ता समिति र न्यु भिजन साउदी परिवारको सह–आयोजना तथा म्याग्दे गाउँपालिका कार्यालय, वडा नम्बर २ कार्यालयको विशेष सहयोगमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

क्लवका अध्यक्ष राजिव श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

क्वलले तीजको अवसरमा हरेक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस पटकको प्रतियोगिता १२ औं सस्करणको रहेको क्वलका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा गीत तर्फ १६ र नृत्यु तर्फ १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ । गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः २० हजार २२२, १३ हजार ३३३ र ७ हजार ७७७ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यसैगरि नृत्य तर्फ गित तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र २ हजार २२२ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने क्वलका सचिव अमिर श्रेष्ठले जानकारी दिए । साथै प्रतियोगितामा सहभागी हुने सबै टिमलाई यातयात खर्च वापत १ हजार रुपैयाँ प्रदान गरिने क्वलका निवर्तमान अध्यक्ष एवं कलाकार संयोजक सन्दिप रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको