पुर्व राज्यमन्त्री कैनीद्वारा लिखित दुई पुस्तकको स्वास्थ्य मन्त्री पौडेलद्वारा विमोचन

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

नेपाली काँग्रेसका नेता तथा पुर्व राज्यमन्त्री अमरराज कैनीद्वारा लिखित दुई पुस्तकको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विमोचन गरे । दमौलीमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचनको क्रममा मन्त्री पौडेलले अमरराज कैनीको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको बताए । उनले भने, ‘अमरराज कैनीको नेतृत्व र सक्रियता नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण थियो, कांग्रेस पार्टीको सुदृढीकरणमा उनको भूमिका अझै महत्वपूर्ण छ र यसलाई हामी कहिल्यै बिर्सन सक्दैनौं ।’

पुस्तकमा कैनीका अनुभव र प्रजातन्त्रका बारेमा विचारहरूको संग्रह गरिएको छ, जसले नेपालको राजनीतिक इतिहास र संघर्षलाई चिनाउने काम गरेको छ । कार्यक्रमको दौरान, व्यास नगरपालिकाले लेखक अमरराज कैनीलाई राष्ट्रिय परिचय पत्र पनि प्रदान गरेको थियो । स्वास्थ्य मन्त्री प्रदीप पौडेल र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले संयुक्त रूपमा कैनीलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा सहभागी भएका अन्य नेताहरूले पनि अमरराज कैनीका योगदानको चर्चा गरेका थिए । गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले भने, ‘कांग्रेस पार्टीको उन्नतिको लागि कैनीको योगदान अविस्मरणीय छ । आजको पुस्तक विमोचन कार्यक्रमले उनलाई राष्ट्रिय र ऐतिहासिक दृष्टिले सम्मान दिएको छ ।’ त्यस्तै, संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले अमरराज कैनीलाई प्रजातान्त्रिक आन्दोलनका एक प्रेरणास्त्रोतको रूपमा चिनाउन महत्वपूर्ण भएको बताए । उनले भने, ‘यो पुस्तक हाम्रो राजनीतिक इतिहासलाई समेट्दै आएको छ र यसले आगामी पुस्तालाई प्रजातन्त्र र त्यसको महत्व बुझ्न सहयोग पु¥याउनेछ ।’

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली काँगे्रसका केन्द्रिय सदस्य धु्रव वाग्ले, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कंडेल, नेपाली काँगे्रस तनहँुका पूर्व अध्यक्ष रघुनाथ पौडेल लगायत स्थानीय बुद्धिजीवी, लेखक र नागरिक समाजका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । शिक्षक कल्पना पौडेल र कल्पना घिमिरेले पुस्तकको समिक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता