सामाजिक विकास कार्यालय आफ्नै भवनमा

Devghat Online

शेयर गरौ

दमौली, पुस १५

सामाजिक विकास कार्यालय तनहुँ आफ्नै भवनमा सरेको छ । व्यास नपा–३ स्थित जिल्ला निर्वाचन कार्यालयको आडैमा निर्माण गरिएको साविकको महिला विकास कार्यालयको भवनमा सामाजिक विकास कार्यालय सरेको छ ।

उक्त कार्यालयको आइतबार गन्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुँद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले आफ्नै कार्यालयबाट जनतालाई दिइने सेवा छिटो र सहज हुनुपर्ने बताए ।

 

सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा गन्डकी प्रदेशका सांसदद्वय जितप्रकाश आले र अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरी आचार्यले कार्यालयको नवनिर्मित भवनको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रमको सन्चालन कार्यालयका लेखा अधिकृत कृष्ण न्यौपानेले गरेका थिए ।

लामो समयदेखी अलपत्र रहेको सो भवनको गिता मना जेभीले १ करोड १५ लाखको लागतमा निर्माण गरेको थियो । यस अघि सामाजिक विकास कार्यालय शिक्षा विकास तथा समन्वय इकाईको भवनमा २ वटा कोठाबाट सन्चालित थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास