चेक अनादर मुद्धामा फरार रहेका एकजना प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस १७

चेक अनादर मुद्धामा फरार रहेका एक जना प्रतिबादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । तनहुँ जिल्ला अदालतबाट २०८० पुस ४ गतेको फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका जिल्ला लम्जुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ४ बस्ने सुरेश न्यौपाने बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फैसला पश्चात फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा ब्यास नगरपालिका वडा नम्बर ४ भोर्लेटार चोकमा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट तोकिएको दुई हजार रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले