घिरिङमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

Devghat Online

शेयर गरौ

समर रानाभाट । घिरिङ, पुस १७

घिरिङ गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिकाको समन्वयमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ ।

घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले राष्ट्रिय परिचयपत्र वितरणको कार्य प्रराम्भ हिजो गर्नु भएको थियो । पहिलो चरणको वितरण कार्य पुष १४ गते मंगलबार ३ नम्वर वडामा परिचयपत्र वितरण गरिएको हो ।

यसैक्रममा सबै वडाबाट परिचयपत्र वितरण गर्ने कार्ययोजना रहेको छ । सेवा प्रवाहलाई छिटो, छरितो बनाउन वडाबाटै वितरण गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

यस घिरिङ गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय तनहुँबाट राष्ट्रिय परिचयपत्रको फाराम भर्ने पहिलो चरणमा २३९९ र थप १२९४ गरि राष्ट्रिय परिचयपत्रको कार्डहरू वितरण गरिएको पञ्जिकरण शाखाले बताएको छ । वडास्तरमा पुगेर परिचयपत्र वितरण गर्दा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता