राष्ट्रिय दलित पत्रकार संघ गन्डकी प्रदेशको अध्यक्षमा पुर्ण विक

Devghat Online

शेयर गरौ

बन्दीपुर, माघ १२

राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुर्ण बिक (तनहुँ) अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार बन्दिपुरमा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट विके अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा सन्तोष परियार (कास्की), महिला उपाध्यक्ष लक्ष्मी सुनार (गोरखा), सचिबमा रामशरण नेपाली (कास्की), कोषाध्यक्ष टोप बहादुर बिक (कास्की) र सह सचिबमा अर्जुन हिताङ्ग (पर्बत) निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मण बिक (पर्वत), पुर्णिमा परियार (स्याङ्जा), श्याम शितल परियार (लमजुङ्ग), अमृत बिक (गोरखा), किरण गोतामे (नवलपुर), बिमला परियार (म्याग्दी), आदित्य रसाइली (मुस्ताङ) र सरस्वती ल्वागुन (मुस्ताङ्ग) चयन भएका छन् ।

उक्त अधिवेशनको गण्डकी प्रदेशका सभामूख कृष्णप्रसाद धितालले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै सभामुख धितालले समाजमा ब्यप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताए । सभामुख धितालले सांस्कृतिक रुपमा देखिएको असमानताले सवैभन्दा बढी दलित समुदाय पिडीत रहेको भन्दै पत्रकारले पिडीतको पक्षमा कमल चलाउनुपर्ने बताए । ‘मानव भएर पनि दलित समुदायले मानवीय ब्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौं’ उनले भने ‘कानुनमा जे लेखिए पनि ब्यवहार अझै कमजोर भएको छ, यसलाई चिर्न पत्रकारहरुको साझा प्रयत्न अझै बढाउनुपर्छ ।’

राष्ट्रिय दलित पत्रकार संघ गन्डकीका कार्यवहाक अध्यक्ष पुर्ण विकेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पाहाडी, बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, नेपाल पत्रकार महासंघ गन्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्