देवघाट, माघ १२
देवघाट गाउँपालिका–५ भुवनटारमा प्राइभेट कारले ठक्कर दिँदा चार बर्षीया बालिका घाइते भएकी छिन् । घाइते हुनेमा देवघाट–५ भुवनटार बस्ने रितिका आले रहेको प्रहरीले जनाएको छ ।
देवघाटबाट चितवनको नारयणगढ तर्फ गईरहेको ना १६ च ९६८५ नम्बरको कारले साँझ ४.३० बजे भुवनटार स्थित भित्री सडकमा ति बालिकालाई ठक्कर दिएको थियो ।
ठक्कर दिने कारका चालकले नै उक्त बालिकालाई उपचारकोलािग भरतपुर लगेका थिए । बालिकाको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए । ठक्कर दिने कार चालक प्रहरीको निगरानीमा रहेको डिएसपी थापाले बताए ।