भर्जन कालिका मन्दिर निर्माणको लागि ६ लाख ८५ हजार संकलन

Devghat Online

शेयर गरौ

देवघाट, माघ १६

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको निर्माणको लागि बुधबार एकै दिन ६ लाख ८५ हजार २८६ हजार रुपैयाँ संकलन भएको छ ।

माघे अौंशी मेलाको अवसरमा मेला स्थल बेणी संगममा मन्दिर निर्माणको बारेमा गरिएको माइकिङको प्रभाव र दान पेटिकामा संकलन गरिएको रकम मंगलबार एकै दिन करिब ६ लाख ८५ हजार २८६ रुपैया संकलन भएको भर्जन कालिका मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

अध्यक्ष न्यौपानेको नेतृत्वमा मन्दिर निर्माण समितिका पदाधिकारीहरु बिहानै देखी मेला परिसरमा आर्थिक सहयोग संकलनकोलागि खटिएका थिए ।

भर्जन कालिका मन्दिरको बारेमा मेला स्थलमा माईकिङ गरेपछि भक्तजनहरुले स्वतः स्फुर्त सहयोग गर्नु भएको अध्यक्ष न्यौपानेले बताए । यो रकमले अव मन्दिरको निर्माणमा ठुलो सहयोग पुग्ने न्यौपानेले बताए ।

मेला स्थलमा मन्दिर निर्माण समितिका सदस्यहरुले कौरा गित पनि प्रस्तुत गरेका थिए । मन्दिर निर्माणका लागि यश अघि माघे सक्रान्ती मेलामा ६ लाख ३७ हजार रुपैयाँ संकलन भएको थियो ।

भर्जन कालिका मन्दिर निर्माणकोलागि विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग उपलब्ध गराउँदै आएका छन् । ११ हजार रुपैयाँ भन्दा बढि सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाको नाम शिलालेखमा लेखिने अध्यक्ष न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक