देवघाटधाम जेसीजद्वारा ७ हजार भक्तजनलाई चिया वितरण

Devghat Online

शेयर गरौ

देवघाट, माघ १६

देवघाटधाम जेसिजले बुधबार माघे अौंशीमा स्नान गर्न देवघाट आएका भक्तजनलाई चिया वितरण गरेको छ ।

देवघाटधाम जेसिजले पिता, माता नभएका,गरिव र जेहेनदार विद्यार्थीहरूकाे अभिभावकत्व ग्रहण गर्नका लागि आज माघे औंसीकाे अवसरमा आयोजित “शिक्षाका लागि चिया” वितरण तथा अर्थ संकलन कार्यक्रम गरेको देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकालले बताए ।

उक्त अवसरमा देशका विभिन्न क्षेत्रहरुबाट मेला भर्न आएका भक्तजनहरुलाई ७ हजार कप भन्दा बढी चिया वितरण गरिएको अध्यक्ष ढकालले बताए ।

यसैगरी देवघाटधाम जेसिजका २८ जना आकस्मिक स्वयंसेवकहरु देवघाटका विभिन्न स्थानमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म खटिएको अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान