देवघाटधाम जेसीजद्वारा ७ हजार भक्तजनलाई चिया वितरण

Devghat Online

शेयर गरौ

देवघाट, माघ १६

देवघाटधाम जेसिजले बुधबार माघे अौंशीमा स्नान गर्न देवघाट आएका भक्तजनलाई चिया वितरण गरेको छ ।

देवघाटधाम जेसिजले पिता, माता नभएका,गरिव र जेहेनदार विद्यार्थीहरूकाे अभिभावकत्व ग्रहण गर्नका लागि आज माघे औंसीकाे अवसरमा आयोजित “शिक्षाका लागि चिया” वितरण तथा अर्थ संकलन कार्यक्रम गरेको देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकालले बताए ।

उक्त अवसरमा देशका विभिन्न क्षेत्रहरुबाट मेला भर्न आएका भक्तजनहरुलाई ७ हजार कप भन्दा बढी चिया वितरण गरिएको अध्यक्ष ढकालले बताए ।

यसैगरी देवघाटधाम जेसिजका २८ जना आकस्मिक स्वयंसेवकहरु देवघाटका विभिन्न स्थानमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म खटिएको अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास