आबुँखैरेनी गाउँपालिका दोश्रो अध्यक्ष कप भलिवलको उपाधी इप्रका आबुँखैरेनीलाई

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, माघ १९

आबुँखैरेनी गाउँपालिकाको आयोजनामा शनिबार सम्पन्न भएको आबुँखैरेनी गाउँपालिका दोश्रो अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जितेको छ ।

‘स्वास्थ्यका लागि खेलकँुद, राष्ट्रका लागि खेलकुँद’ भन्ने नाराका साथ माघ १८ गतेदेखी आयोजित उक्त प्रतियोगितामा वडा नम्बर ३ को टिम उपबिजेता भएको थियो । रामशाह माविको खेलमैदानमा सम्पन्न भएको उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

बिजेता र उपबिजेता टिमलाई आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा अध्यक्ष चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, शिक्षा अधिकृत निर्मला कुँवर लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले