टिप्परको ठक्करबाट शुक्लागन्डकीमा स्कुटीमा सवार महिलाको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, माघ २०

शुक्लागन्डकी नपा–७ मालेबगरमा आइतबार टिप्परको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ । खैरेनीटारबाट दमौली जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिप्परले प्रदेश ०१.०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई एकसाथ ठक्कर दिँदा स्कुटरमा सवार पोखरा ३२ की ४१ बर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ ।

ठक्करबाट घाइते भएकी अप्सरालाई उपचारकोलागि जिपि कोईराला अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनामा स्कुटर चालक अप्सराका छोरा दिपेश कुमार क्षेत्री र कार चालक शुक्लागण्डकी नपा–११ साँखे बस्ने ३१ वर्षिय महेश पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्चार्ज प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

ठक्कर दिने टिप्पर चालक जिल्ला धादिङ निलकण्ठ नपा–२ का ४० बर्षिय प्रकाश गुरूङ प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो