म्याग्देमा ७५८ जना किशोरीलाई एचपिभि खोप दिईने

Devghat Online

शेयर गरौ

दमौली, माघ २४

म्याग्दे गाउँपालिकाका ७५८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप दिईने भएको छ । राष्ट्रिय एचपिभि खोप कार्यक्रमको दोश्रो चरण अन्तर्गत आगामी माघ २७ देखी ३० गतेसम्म म्याग्दे गाउँपालिकाका ७ वटा वडाका ७५८ जना किशोरीलाई एचपिभि खोप दिइने भएको हो ।

वडा नम्बर १ को महेन्द्र माविमा ५९ जना र विजय आविमा १३ जना, वडा नम्बर २ को राधा माविमा २०४ जना र मेघदह बोर्डिङ स्कुलमा ४५ जना, वडा नम्बर ३ को जनगणपते माविमा ७० जना र पसले आविमा २१ जना, वडा नम्बर ४ को मिन माविमा १७५ जना, गणेश माविमा १३, न्युभिजन बोर्डिङमा १० र आदर्श बोर्डिङमा ७६ र वडा नम्बर ६ को रत्न माविमा ३४, अकला आविमा १० र प्रभा आविमा १९ गरि कक्षा ६ देखी १० सम्मका ७५८ जना किशोरीलाई उक्त खोप दिइने गाउँपालिकाले जनाएको छ ।

म्याग्देमा उक्त उमेर समुहका कुनै पनि किशोरी विद्यालय बाहिर नरहेको गाउँपालिकाले जनाएको छ । विद्यालयमा खोप लगाउन छुटेका किशोरीलाई विद्यालयमा खोप कार्यक्रम सन्चालन भएको भोलीपल्ट वडाको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गरेको र हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हुँदा सबै किशोरीले खोप लगाउनु पर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले