निजामती कर्मचारी युनियन देवघाटको अध्यक्षमा पन्त

Devghat Online

शेयर गरौ

देवघाट, माघ २४

नेपाल निजामती कर्मचारी युनियन देवघाट गाउँ कार्य समितीको अध्यक्षमा कृष्णराज पन्त चयन भएका छन् । विहिबार देवघाटमा सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनबाट पन्तको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरियो ।

कार्य समितिको उपाध्यक्षमा जीवन गुरुङ, समावेशी उपाध्यक्षमा सरस्वती राना, सचीवमा कर्ण बहादुर गुरुङ, सह–सचीवमा बलबहादुर सिकर्मी र कोषाध्यक्षमा सरद न्यौपाने चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा तिर्थराज ढुंगाना, दिपक सिंह धामी, रोशनी पन्त, संगिता तामाङ, सम्भुप्रसाद कापडी, पुनम थापा र लेखराज निरौला चयन भएका छन् ।

उक्त अधिवेशनको नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले उद्घाटन गरेका थिए । सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, नेपाली काँग्रेस तनहुँका आमन्त्रित सदस्य अर्जुन अधिकारी, नेपाल निजामती कर्मचारी युनियन तनहुँका सचिव रामहरी खनाल, नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर (ख) की उपसभापति राधादेवी खनाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले