देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

Devghat Online

शेयर गरौ

देवघाट, माघ २५

नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले गर्व गर्दै आएको बताएकी छिन् । देवघाटधाममा जारी देवघाट महा–महोत्सवमा शुक्रबार सम्बोधन गर्दै सांसद न्यौपानेले देवघाटको नाम सुन्ने वित्तिकै सारा नेपालीले गर्व गर्ने र सारा विश्वले देवघाटको नामले चिन्दै आएको बताएकी छिन् ।

आफु पहिले नै महोत्सवमा आउने मन भएपनि स्वास्थ्य समस्याको कारण यस अघि आउन नसकेको भन्दै अहिले महा–महोत्सवमा आउन पाउँदा निकै खुसी लागेको न्यौपानेले बताईन् । आफ्नै घर भएको निर्वाचन क्षेत्रमा देवघाट दिव्यधाम र मातापिता सेवा आश्रम बनेको भन्दै उनले यहाँ भएको संकल्प पुरा होस् तथा मातापिता सेवा आश्रम निर्माण गर्ने महा संकल्प पुरा होस् भन्ने शुभकामना दिइन् । उक्त कार्यकालागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सांसद न्यौपानेले धन हुनेले धन दिएर, मन हुनेले मन दिएर योगदान दिन आग्रह गरिन् ।

आफु काठमाडौं फर्किएपछि यहाँ भएको संकल्पको कुरा प्रधानमन्त्रीलाई सुनाउने भन्दै राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक समेत रहेकी न्यौपानेले प्रधानमन्त्रीले धर्मप्रति निकै सम्मान गर्ने र यस संकल्पको लागि पनि सहयोग गर्ने बताइन् । प्रधानमन्त्रीले यस भुमीमा आएर विगतमा धेरै राम्रा धार्मिक कार्यक्रममा सहयोग गर्नु भएको भन्दै उनले यस महा अभियानमा साथ र सहयोग गर्न प्रधानमन्त्रीलाई आह्वान गर्ने बताइन् ।

उक्त कार्यक्रममा गन्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र राष्ट्रिय सभाकी सांसद विष्णुकुमारी सापकोटाले पनि मातापिता सेवा आश्रम तथा देवघाट दिब्यधाम निर्माणकोलागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देवघाट महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजले आफुहरु हिन्दु राज्य स्थापनाको पक्षमा रहेको हुँदा सांसदहरुले पनि हिन्दु राज्य स्थापनाकोलागि पहल गर्नु पर्ने बताए । देवघाट दिब्यधामले देवघाटलाई विश्वभर चिनाउन सहयोग गर्ने हुँदा सबैले यो अभियानमा साथ दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको