दलितको अगुवाईमा चितवनमा ५ दिने ब्रम्हज्ञान महायज्ञ हुँदै

Devghat Online

शेयर गरौ

पहिलो दलित अगुवाइमा निर्मित हिन्दु मन्दिरमा देश बिदेशबाट हजारौं धर्मालम्बि सहभागी हुने

रत्ननगर ,चितवन ।

चितवनको रत्ननगर ४ देबौली स्थित श्रीप्राणनाथजी मन्दिरमा फाल्गुन १ देखि ५ गते सम्म हुन लागेको ब्रम्हज्ञान महायज्ञमा देश विदेशका हजारौं निजानन्द (प्रणामी) सम्प्रदायका गुरु एवं हजारौं धर्मालम्विहरु सहभागी हुने कार्यक्रम अन्तिम चरणमा रहेको कार्यक्रम संयोजक बुद्दिराज विश्वकर्माले हामीलाइ जानकारी दिए । विश्वकर्माको अनुसार कार्यक्रममा निजानन्द समुदायका उच्चतम व्यक्तित्व श्री राजन स्वामीजी मुख्य वक्ताको रुपमा भारतबाट आउनु हुने छ भने उक्त सम्प्रदाय सम्बद्द नेपाल तथा भारतका विभिन्न मन्दिर र संस्थाको प्रतिनिधित्व गर्दै आचर्यजनहरु र अनुयायीहरु सहभागी हुनुहुने छ। कार्यक्रमका सहभागिलाई लक्षित गरि भोजन र आवास ब्यबस्थाको लागि सम्पुर्ण तयारी पूरा भैसकेको र प्रवचन मन्डप तयारी गर्ने काम २६ गते देखि सुरू हुने उनले बताए ।

कार्यक्रममा प्रवचनको ध्यान शिविर सँगै बालबालिकाहरु द्वारा प्रवचन तथा वाणी गायन कार्यक्रम रहेको आयोजक समीतिका प्रेम गुरूङले जानकारी दिए। उनका अनुसार उक्त ५ दिने ब्रम्हज्ञान् महायज्ञ कार्यक्रममा निजानन्द सम्प्रदायका उच्च्तम व्यक्तित्व श्री राजन स्वामीबाट तारतम सागर वाणी प्रवचनसँगै अध्यात्मसँग सम्बन्धित जिज्ञासा समाधान, वाणी भजन ,सास्त्रीय भक्ति साङितिक कार्यक्रम पनि हुने उनले बताए ।

प्राणनाथ ज्ञान केन्द्र नेपालको अध्यक्ष विष्णु गुरुङका अनुसार निजानन्द संप्रदायको पुज्यग्रन्थ तारतम वाणीलाइ आधार मानेर छुवाछूत प्रथा विरुद्धमा वकालत गर्ने हिन्दु सम्प्रदायको उक्त कार्यक्रम वसुधैव कुटुंबकमभन्ने सिद्धान्तको अभ्यासको उदाहरण हुनुका साथै  नेपाली समाज रुपान्तरणको लागि महत्वपूर्ण र अनुकरणीय हुने आशा गरिएको बताउँदै सम्पूर्ण समुदायलाई हार्दिकता पुर्वक निमन्त्रणा सहित सहभागिताको लागि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू