सृजनात्मक लेखन कार्यशाला प्रतियोगितामा चन्द्रज्योती माविकी छात्रा थममाया प्रथम

Devghat Online

शेयर गरौ

अन्जान परियार। घिरिङ, फागुन ९

घिरिङ गाउँपालिकामा बिद्यार्थीहरुको सृजनात्मक लेखन कार्यशाला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय तनहुँको आयोजना भएको उक्त प्रतियोगितामा चन्द्रज्योती माविकी कक्षा ११ की छात्रा थममाया थापा प्रथम भएकी छन्। त्यस्तै कृष्ण माविकी कक्षा १० की छात्रा दृष्टि सुनार द्वितिय, कृष्ण माविकै कक्षा ९ की कामना थापा क्षेत्री तृतीय तथा चन्द्रज्योती माबिमा कक्षा ११ मा अध्ययनरत थमन सिंह नेपाली सान्त्वना भएका छन् । उनिहरु लाई क्रमश २ हजार, १५ सय, १ हजार र ५ सय रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ।

बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा पस्फुटन गर्ने उदेश्यले आयोजित उक्त प्रतियोगितामा माध्यमिक बिद्यालयका २८ जना बिद्यार्थीहरुले भाग लिएका थिए। बिहिवार चन्द्रज्योती माध्यमिक बिधालयको हलमा विभिन्न शिर्षकमा बिद्यार्थीहरुलाई लेखन प्रतियोगिता गराइएकोमा पुरस्कृत चार जना मध्य अन्य सहभागीहरुले पनि ७० भन्दा माथी अंक प्राप्त गरेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद सुवेदिले जानकारी दिए।

सो कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले बिद्यार्थीका लागी सृजनात्मक लेखन कार्यशाला प्रतियोगिता बाट प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल,कार्यपालिका सदस्य पार्बती बिक, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरी आचार्यले मन्तब्य राखेका थिए साथै बिधालयका प्रधानाध्यापकहरु र विभिन्न विद्यालयबाट सहभागि विद्यार्थीहरू कार्यक्रममा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको