एसइई नतीजा सुधार्न आबुँखैरेनीमा पालिका–समुदाय साझेदारी कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

आबुँखैरेनी गाउँपालिकाले एसइई परिक्षाको नतिजा सुधार्न पालिका–समुदाय साझेदारी कार्यक्रम सन्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत स्थानीय समुदायसँगको साझेदारीमा गाउँपालिकाको चार स्थानमा गत फागुन १ गतेदेखी एसइई तयारी कक्षा तथा छात्रावास सन्चालन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार कन्यादेवी मावि हिलेखर्कमा सञ्चालित छात्रावासको सम्पूर्ण व्यवस्थापन गाऊँपालिकाले गर्ने भएको छ । यस्तै गरि लक्ष्मी मावि प्युघरमा सञ्चालित छात्रावासको तयारी कक्षाको शुल्क गाउँपालिकाले र खानपानको व्यवस्थापन अभिभावकले गर्ने भएका छन् ।

यस्तै छिमकेश्वरी मावि भाँगेका बिद्यार्थीहरु रामशाह माविको छात्रावासमा सहभागी हुने तथा रामशाह मावि आँबुखैरेनी र मित्रता मावि सत्रसयमा सञ्चालित छात्रावासमा अधिकतम कोचिंङ शुल्क गाउँपालिकाले र आंशिक कोचिंङ शुल्क अभिभावकले व्यवस्थापन गर्ने समझदारी भएको छ ।

त्यसैगरि उद्योग वाणिज्य संघ–बजार इकाईको नेतृत्वमा निजी संघ÷संस्थाहरुले खाद्यान्न सामग्रीहरुको व्यवस्थापन गर्ने भएका छन् । यसै व्यवस्था अन्तर्गत रामशाह मावि र मित्रता मावि छात्रावासको लागी तनहूँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई र तनहूँ उद्योग वाणिज्य संघ सत्रसय बजार इकाईबाट क्रमशः ५० र १० बोरा चामल सहयोग उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको