व्यास गुफामा पत्रकार महासंघ तनहुँको बैठक, दस्तावेज लेखन समिति गठन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

नेपाल पत्रकार महासङ्घ तनहुँले शाखाको इतिहासदेखि वर्तमानसम्मको अवस्था समेटिने गरी दस्तावेज लेखन गर्ने भएको छ । शाखाको व्यास नगरपालिका–३ स्थित व्यास गुफामा आज बसेको बैठकले दस्तावेज लेखनका लागि समिति गठन गरेको छ ।

शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा शाखाका पूर्व अध्यक्षहरु मुक्तिनाथ खनाल, प्रदीप काफ्ले, प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, उज्ज्वल पौडेल, पूर्व सचिव डा. बसन्त कंडेल, अग्रज पत्रकार ऋषिराम पोख्रेल, निवर्तमान उपाध्यक्ष अस्मिता खनाल रहनुभएको छ भने सदस्य सचिवमा शाखा अध्यक्ष धनपति अधिकारी (डिपी) रहेका छन् । शाखा अध्यक्ष अधिकारीले यस दस्तावेजले महासङ्घको समग्र अवस्था अध्ययनका लागि सहयोग पुग्ने बताए ।

बैठकले व्यास गुफा क्षेत्र व्यास नगरपालिकाको महत्वपूर्ण धार्मिक गन्तव्यस्थल भएकाले यसको प्रचारप्रसारका लागि सबै सञ्चारमाध्यमलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

त्यसक्रममा व्यास गुफा क्षेत्रका प्रमुख संरक्षक दामोदर बाबाले विभिन्न तथ्य र प्रमाणले महर्षि वेदव्यासको जन्म यहाँ भएको पुष्टि गरिसकेकाले यस क्षेत्रको प्रचारप्रसारका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

महासङ्घको आगामी बैठक जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनीस्थित छिम्केश्वरीमा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक