समाजसेवी गर्जामगरद्वारा आफु पढेको विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ११

बन्दीपुर गाउँपालिका–६ खहरेका समाजसेवी सिद्धान्त गर्जा मगरले आफुले अध्ययन गरेको विद्यालय अरुण मावि बन्दिपुर–६, हुस्लाङमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

आइतबार सम्पन्न उक्त विद्यालयको ६५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा सेतीगंगा आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका गर्जा मगरले उक्त रकमको अक्षयकोष स्थापना गरेका हुन् ।

बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङ, नेपाल मगर संघ केन्द्रिय निर्वाचन समितिका संयोजक तथा सेतीगंगा आधारभुत विद्यालयका प्रधानाध्यापक सिद्धान्त गर्जाले शुभकामना मन्तव्य दिएका थिए ।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिशाल गौतमले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि