स्थानीय तहका महिला बालबालिका, शिक्षा र सामाजिक शाखाका कर्मचारीलाई अभिमुखीकरण

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ११

स्थानीय तहका महिला तथा बालिका, शिक्षा युवा तथा खेलकुँद र सामाजिक विकास शाखाका कर्मचारीहरुको लागि अभिमुखीकरण कार्यक्रम आइतबार देवघाट स्थित हरिहर सन्यास आश्रममा सुरु भएको छ । सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश एवं परमानन्द संस्कृत गुरुकुलका अध्यक्ष ज्ञानानन्द सरस्वतीले उद्घाटन गरेका थिए ।

सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पिठाधिश ज्ञानानन्द सरस्वती, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

सोमबारसम्म चल्ने कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा, शिक्षा युवा तथा खेलकुँद शाखा र सामाजिक विकास शाखाका प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ