सांसद वाग्लेले बोलेको ‘श्रद्धाञ्जली’ शब्द संसदको रेकर्डबाट हटाइने

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन १२

भारतको ओडिसा भुवनेश्वरीस्थित केआईआईटी विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘परिवारलाई श्रद्धाञ्जली’ दिएको सांसद स्वर्णिम वाग्लेको शब्द हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । कांग्रेस सांसद रामहरि खतिवडाले उक्त शब्द हटाउन माग गरेका थिए ।

सांसद वाग्लेले मृतक लम्साललाई श्रद्धाञ्जली भन्नुपर्नेमा परिवारलाई नै श्रद्धाञ्जली दिएको भन्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद खतिवडाले नियमापत्ति जनाएका हुन् । खतिवडाले सांसद वाग्लेले भनेका शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । ‘प्रकृति लम्सालको निधनले हामी सबै चिन्तित भयौं, तर एकजना माननीयले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसद्मा रेकर्ड गराउनु भएको छ । फागुन ६ गते स्वर्णिम वाग्लेले भनेको उक्त शब्द हटाइयोस्,’ खतिवडाले भने ।

तनहुँ क्षेत्र नम्बर १ का सांसद वाग्लेले फागुन ६ को प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ । परिवारजनप्रति म र हाम्रो पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौं ।’

सांसद वाग्लेको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिएको हो । सांसद खतिवडाले उक्त माग गरेपछि सभामुख देवराज घिमिरेले संसद् सचिवालयलाई सच्याउन निर्देशन दिएका छन् । ‘सदस्यले उठाउनु भएको कुराप्रति ध्यानाकर्षण भएको छ । त्यस्तै भएको छ भने सच्याउन संसद् सचिवालयलाई निर्देश गर्दछु,’ सभामुखले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु