निजामती कर्मचारी संगठनको भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २१

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम विहिबार दमौलीमा सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन तनहुँका अध्यक्ष भगवान त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि तनहुँका अध्यक्ष हरिराज कडेंल, नेपाल निजामती कर्मचारी संगठनका गण्डकी प्रदेश ईन्चार्ज भरत भुसाल, तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, संगठनका गण्डकी प्रदेश सह ईन्चाज तेज प्रसाद निउरे, संगठनका गन्डकी प्रदेश समितिका अध्यक्ष डोलराज पराजुली, कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख कोष नियन्त्रक अशोक खनाल लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा संगठनका केन्द्रीय सदस्य विजय कुमार श्रेष्ठ, केन्द्रीय सदस्य पार्वती पौडेल, नेपाल बुद्धिजिवी परिषदका केन्द्रीय सदस्य एवं नेपाल निजामती कर्मचारी संगठन तनहुँका सल्लाहाकार सुनिल पाण्डे, स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य कृपाहरी लौडारी, निजामती कर्मचारी संगठनका गन्डकी प्रदेश समितिका लेखा आयोजक आयोगका संयोजक रुद्र सिंह ठकुरी, संगठनका गन्डकी प्रदेश समितिका सचिव पुष्प खनाल, प्रदेश समितिका सदस्य मदन सुवेदी, राष्ट्रसेवक सहकारी संस्था लि.तनहुँका अध्यक्ष रामचन्द्र पण्डित, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल तनहुँका अध्यक्ष सोम कान्त पौडेल, संगठनका सल्लाहकार श्रीकान्त न्यौपाने, सल्लाहाकार रामहरी देवकोटा, गन्डकी प्रदेश प्रतिनिधि कृष्ण प्रसाद न्यौपाने, संगिता रेग्मी खनाल, संगठनको शुक्लागण्डकी नपा कार्यसमितिका अध्यक्ष कोपिला पौडेल, भानु नगर कार्यसमितिका अध्यक्ष शिवराज मिश्र, म्याग्दे गाउँपालिका कार्यसमितिका अध्यक्ष शम्भु पौडेल, बन्दिपुर कार्यसमितिका अध्यक्ष किरण श्रेष्ठ, भिमाद कार्यसमितिका अध्यक्ष पूर्णिमा नेपाली, देवघाट कार्यसमितिका अध्यक्ष करण जप्रेल, ऋषिङ कार्यसमितिका अध्यक्ष दिल बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सन्चालन संगठनका सचिव विष्णु केसीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष भोजहरी रानाभाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी