चितवनबाट रास्वपाले शुभारम्भ गर्यो ‘जनयात्रा’

Devghat Online

शेयर गरौ

चितवन, चैत २३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए । उनले सेखी झार्ने र बदला लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको दाबी गरे । अदालतको आदेशपछि जानकारहरूसँग कुरा गर्दा उच्च अदालतले जिल्ला अदालतलाई जानकारी गराउने र त्यसपछि प्रहरी हुँदै प्रक्रियामा जान्छ भन्ने बुझेको उनले बताए ।

यस्तै नेता बिराजभक्त श्रेष्ठले सभापति लामिछाने पक्राउ परेपनि पार्टीका गतिविधि नरोकिने बताए । उनले कार्यकर्तालाई बेतिथिका बिरुद्ध डटेर लाग्न आग्रह गरे । सांसद हरि ढकालले सभापति लामिछानेलाई राज्यले ५÷७ वर्षदेखि नै लखेटिरहेको दाबी गरे । वर्तमान सरकारले लखेट्न नहुने व्यक्तिलाई लखेटिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको