विष्णु मगर । देवघाट, जेठ १५
अठारौं गणतन्त्र दिवसको अवसरमा देवघाट गाउपालिकाले विहिबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गणतन्त्रको उपलब्धीको रक्षाकोलागि जनमुखी कार्यक्रमहरु सन्चालन गर्नुपर्ने बताए । उनले गणतन्त्र आएपनि जनताको आर्थिक अवस्थामा उल्लेख्य सुधार नआएको हुँदा सबैले जनताको समृद्धीको लागि काम गर्नुपर्ने बताए ।



गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले गणतन्त्र अहिले कलिलो नै भएको हुँदा धेरै उपलब्धी प्राप्त गर्न नसकिएको बताए । १८ वर्षको उमेरमा धेरै काम गर्न नसक्दा मानिसहरु गलत बाटो गएको गुरुङले बताए । देवघाटमा गणतन्त्र आएपछि धेरै विकास भएको र गणतन्त्रलाई जोगाउने सबै लाग्नुपर्ने गुरुङले बताए ।

सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले जनताबाट चुनिने जनताले नै शासन गर्ने तन्त्र गणतन्त्र रहेको बताए । गणतन्त्रको विकल्प अरु नभएको न्यौपानेले बताए । नेतृत्व र नेताहरु परिवर्तन हुन सक्छ तर गणतन्त्र परिवर्तन हुन नसक्ने न्यौपानेले बताए । केही खराव प्रवृति भएको व्यक्तिहरुले गणतन्त्रको विरोध गरेका छन् भन्दै उनले त्यस्ता तत्वलाई निरुत्साहित गर्नुपर्ने बताए ।
देवघाट क्षेत्र विकास साितिका पुर्व अध्यक्ष शिवराज पौडेलले गणतन्त्र दिवसमा संविधानको पुस्तक पढ्न अवसर पाउन पर्ने पौडेलले बताए । जनताले चुनेको व्यक्तिले शासक गर्न पाउने गणतन्त्र भएको पौडेलले बताए । राजतन्त्रका मान्छेले नागरिकको अपमान गरेको पौडेलले बताए । गणतन्त्रले देवघाटमा पक्कि पुल र सडक ल्याएको, गणतन्त्रले देवघाटमा अस्पताल खोलेको, गणतन्त्रले आवज विहिनलाइ आवज दिएको गणतन्त्रले दिएको पौडेलले बताए ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन वरालले संघियता र धर्म निरपेक्षता गणतन्त्रको उपलव्धि रहेको बरालले बताए । चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी सस्थाका अध्यक्ष सावित्री न्यौपानेले देवघाटमा गणतन्त्र आए पछि पक्कि पुल सडकहरु बनेको बताइन् । जनताको साझा समस्याहरुलाइ तीन तह मिलि समस्याको समाधान गर्न पर्ने न्यौपानेले बताइन् ।

देवघाट गाउपालिका नेकपा ऐमाले अध्यक्ष भिम बहादुर गुरुङले गणतन्त्र आएपछि गणतन्त्रको उपलब्धिहरुको विषयमा सबै मिलि चिर्नु पर्ने गुरुङले बताए । गणतन्त्रको उदेश्य के हो भन्ने कुरा गणतन्त्र ल्याउन कति कुन अबस्था सम्म पुग्न प¥यो भन्ने कुरा अहिलेको युवाहरु नबुझ्दा गणतन्त्र विरुद्ध उठेका छन ती युवाहरुलाइ गणतन्त्र ल्याउने उदेश्य र गणतन्त्रको फाइदा जन जनमा पु¥याउनुपर्ने गुरुङले बताए । देवघाट वचत सहकारी सस्थाका अध्यक्ष अर्जुन अधिकारीले गणतन्त्र आएपछि नागरिकको अधिकार स्वतन्त्र रुपमा पोख्न पाएको बताए ।
गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादीका जयकृष्ण सुवेदी, देवघाट गाउपालिका सामाजिक संयन्त्रका सचिव बल बहादुर क्षेत्री, देउपुर टोलविकासका अध्यक्ष सुकु गुरुङ, क्षेत्री समाजका अध्यक्ष गणेश थापा, नेपाल मगर संघ देवघाट गाउँपालिका अध्यक्ष खड्का बहादुर आले, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, देवघाट गाउँपालिका खेलकुद समितिका अध्यक्ष अमर फेवाली, देवघाट वडा नम्बर ५ का पुर्व वडा सदस्य भोजराज नैनावस्ती, देवघाट तमु समुदायका अध्यक्ष नर बहादुर गुरुङ लगायतले महत्व राखेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य देवघाट गाउँपालिका प्रशासकीय अधिकृत जगत बस्नेतले तथा कार्यक्रम सन्चालन कार्यक्रम अधिकृृत कृष्णराज पन्तले गरेका थिए । उक्त कार्यक्रममा वडा नम्बर ५ का जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।












