व्यासको बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ परियोजना सुरु, डेढ करोड बजेट विनियोजन

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त साझेदारीमा व्यास नगरपालिका–१३ स्थित छापडाँडा भञ्ज्याङ, बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ बेनीकोट (कृषि तथा पर्यटन प्रवद्र्धन परियोजना)’ सञ्चालनमा आएको छ । ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम, २०८३’ अन्तर्गत कुल १ करोड ५० लाख रुपैयाँको लागतमा यो परियोजना सुरु गरिएको हो ।

व्यास नगरपालिकाको कार्यालय दमौली र गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराद्वारा सार्वजनिक विवरण अनुसार परियोजनाको कुल लागतमध्ये गण्डकी प्रदेश सरकारको ७५ प्रतिशत (१ करोड १२ लाख ५० हजार रुपैयाँ) र व्यास नगरपालिकाको २५ प्रतिशत (३७ लाख ५० हजार रुपैयाँ) साझेदारी रहनेछ । २०८३ कात्तिक १६ गतेदेखि सुरु भएको यस परियोजनाको अवधि २०८४ जेठ ३० गतेसम्म रहने जनाइएको छ ।

पाँच मुख्य क्षेत्र समेटेर कार्यक्रम सञ्चालन गरिने परियोजना अन्तर्गत स्थानीय स्तरमा उद्यमशीलता, कृषि, संस्कृति र पर्यटनको एकीकृत विकास गर्न कुल बजेटलाई विभिन्न पाँच शीर्षकमा विभाजन गरी कार्यक्रम तय गरिएको छ । जस अनुसार पूर्वाधार निर्माण तर्फ स्टोन ट्रेल (ढुङ्गे पदमार्ग) निर्माण, पाहुना घर निर्माण तथा कालो सुँगुरको खोर व्यवस्थापन र प्रवद्र्धन गरिने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

त्यस्तै उद्यमशीलता विकास तर्फ सामुदायिक वनमा बाँस खेती विस्तार, भुजेल समुदायको पेशा संरक्षण तथा बाँसको हस्तकला निर्माण, दलित समुदायको पेशा संरक्षण एवं प्रवद्र्धन र व्यावसायिक मौरी पालनका कार्यक्रम सञ्चालन हुनेछन् । पर्यटन प्रवद्र्धन तर्फ आतिथ्यता तथा होमस्टे स्तरीकरण, मौलिक कला संस्कृति संरक्षण, संग्रहालय व्यवस्थापन, मगर पहिचान तथा भेषभुषा प्रवद्र्धन, प्रचारप्रसार र सरसफाइका गतिविधि गरिनेछ ।

त्यसैगरि कृषि विकास तर्फ ड्रागन खेती विस्तार, स्थानीय रैथाने बाली संरक्षण र सिँचाइ व्यवस्थापनमा लगानी गरिनेछ भने अन्य विविध कार्यक्रम तर्फ अध्ययन, अनुगमन, लेबलिङ, प्याकेजिङ, अभिमुखीकरण तथा परामर्श लगायतका कार्यहरू समेटिएका छन् ।

उक्त कार्यक्रमको बारेमा मंगलबार आयोजित अनुशिक्षण कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले यस परियोजनाले बेनीकोट क्षेत्रको मौलिक संस्कृति र स्थानीय सीपको संरक्षण गर्दै कृषि तथा ग्रामीण पर्यटनमार्फत स्थानीय बासिन्दाको आयआर्जनमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको बताए ।

सो कार्यक्रममा नगरपालिकाकी उपमेयर इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा नम्बर १३ का अध्यक्ष बसन्तबहादुर आले, पर्यटनविद हरि सिंह गुरुङ, कार्यक्रम अधिकृत राजेन्द्र कार्की लगायतले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गरिखाने वर्गमाथि महङ्गीको बज्रपातः संघर्षरत नेपाली जिवन समृद्धीको नारा माझ

   विमला भट्टराई    भरतपुर–१२, चितवन विषय प्रवेशः नेपाललाई प्राकृतिक सम्पदाले सम्पन्न जलश्रोतको धनी, सास्कृतिक