घिरिङको गडौलिटारमा तीन दिने अचार बनाउने तालिम सञ्चालन

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, जेठ २६

घिरिङ गाउँपालिका–४ गडौलिटारमा तीन दिने अचार बनाउने तालिम सञ्चालन भएको छ । जलदेवी सामुदायिक सिकाई केन्द्रको आयोजना तथा गाउँपालिकाको समन्वयमा जेठ २५ देखि २७ गतेसम्म सञ्चालन भएको तालिममा वडा नं. ४ का ३२ जना महिलाहरूको सहभागिता रहेको छ ।

जलदेवी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष चुन नारायण श्रेष्ठको अध्यक्षतामा भएको सो तालिमको वडा अध्यक्ष भीम बहादुर कुमालले उद्घाटन गरेका थिए । अध्यक्ष कुमालले तालिमबाट छोटो समयमा महत्वपूर्ण सीप आर्जन गर्न सकिने धारणा राख्दै अचार बनाउने सीप केवल घरायसी प्रयोजनका लागि मात्र नभई उद्यमशीलता विकास र व्यवसायिक बन्न सहयोग पुग्ने बताए । तालिम सम्पन्नपछि सबै सहभागीहरूलाई व्यावसायिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको अध्यक्ष श्रेष्ठले बताए ।

यस कार्यक्रममा बोल्दै गाउँकार्यपालिका सदस्य रिमा कुमालले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि विभिन्न वडामा फरक–फरक प्रकारका सीप विकास तालिमहरू प्रदान गरिरहेको बताउँदै यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । उक्त तालिम प्रशिक्षकको रुपमा गायत्री नेपाली रहेकी छन् । स्थानीय रुपमा सजिलै पाइने आँप, कटहर, करेला, मासुजस्ता कच्चा पदार्थको प्रयोग गरी विविध परिकारका अचार बनाउन सिकाइने सिकाई केन्द्रकी सचिव टिका माया आलेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र