म्याग्देमा टोल विकास संस्थाका पदाधिकारीलाई सिप तथा क्षमता विकास तालिम

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

म्याग्दे गाउँपालिका वडा नम्बर १ को आयोजनामा उक्त वडाका टोल विकास संस्थाका प्रतिनिधिलाई सिप तथा क्षमता विकास सम्बन्धि तालिम दिईएको छ । उक्त तालिमको सोमबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

तलिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले महिलाहरुको सिप तथा क्षमता विकासकोलागि यस खाले तालिम उपयुक्त हुने बताए । गाउँपालिकामा विभिन्न किसिमका धेरै तालिम उपलब्ध भएको भन्दै अध्यक्ष श्रेष्ठले तालिमका सिपलाई व्यवहारमा उतार्ने काममा कमी भएको बताए ।

वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिभद्र वाग्लेको अध्यक्षतामा आयोजित उक्त तालिममा गाउँ कार्यपालिका सदस्य थममाया विक, वडा सदस्य मिनबहादुर थापाले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन वडा सचिव केशवराज पौडेलले गरेका थिए ।

चार दिनसम्म चल्ने सो तालिममा महिला अधिकार र शसक्तिरण, लैङ्गिक हिंसा, टोल विकास संस्थाका पदाधिकारीको भूमिका, बैठक व्यवस्थापन, माइनुट लेखन, भाषणकला, उद्घोषणकला लगायतका विषयमा लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र तनहुँ खबर दैनिकका कार्यकारी सम्पादक बिनोद ढुङ्गानाले सहजिरण गर्नेछन् । तालिमम वडा नम्बर १ का विभिन्न टोल विकास संस्थाका ४० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता