करेन्ट लागेर घिरिङ गाउँपालिकामा १५ वर्षीया बालिकाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ, २६

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ गडौलीटारमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।

सोमबार दिउँसो घाँस काट्ने क्रममा पिपलको रुखमा चढेकी १५ वर्षीया निर्मला कुमालको विद्युतको हाइटेन्सन लाइनमा छोइएर मृत्यु भएको हो। मृतक निर्मला महेन्द्रज्योति माविमा कक्षा १० मा अध्ययनरत थिइन्।

आमा र छोरी सँगै घाँस काट्न गएका थिए। रुखमा चढेर घाँस काट्दै गर्दा करेन्ट लागेको घटनापछि उनलाई तत्काल उद्धार गरी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतार लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सहिद पत्नी इन्दिरा खनालद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

तनहुँ । असोज २० नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत तनहुँकी इन्दिरा खनालले केन्द्रीय सदस्य पदमा