घिरिङको घ्यान्छाप–पुटार सडकको दोस्रो खण्डमा कालोपत्रे, पहिलो खण्डका लागि तयारी

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, जेठ २७

घिरिङ गाउँपालिका–१ घ्यान्छाप–पुटार मोटरमार्ग अन्तर्गत घ्यान्छाप देखि बोहोछाप सम्मको करिब ७ सय मिटर सडक खण्डमा कालोपत्रे कार्य सम्पन्न हुँदैछ । डिबिएसटी प्रविधि मार्फत पिच गरिएको यस सडकको निर्माण गण्डकी प्रदेश सरकार र घिरिङ गाउँपालिकाको समपुरक बजेट बाट १ करोड १७ लाख आर्थिक वर्ष ०८१/0८२ मा सुरु गरिएको हो ।

हालसम्म उक्त खण्डको करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको घिरिङ गाउँपालिकाका प्राविधिक अमृत कुमार श्रेष्ठले जानकारी दिए । सडक निर्माणको जिम्मा लिएको लिस्सम निर्माण सेवा कम्पनी सँग २०८१ मंसिर २४ गते सम्झौता भएको हो ।

यसैक्रममा, घ्यान्छाप–पुटार सडकको पहिलो खण्ड, अर्थात् स्वामिभञ्ज्याङ देखि घ्यान्छाप सम्मको भाग ७ सय मिटर सडक खण्ड कालोपत्रे गर्ने कार्य अगाडि बढाइएको छ । गाउँपालिकाले सो कार्यका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ भने आर्थिक वर्ष २०८२/८३ मा थप ९१ लाख रुपैयाँ समपुरक संघीय बजेट पनि व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए ।

गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको मुख्य सडक मुद्धाको कारण काम गर्न नसकेकोले शाखा बाटोका योजनालाई प्राथमिकतामा राख्दै आएको बताए । सडक निर्माणपछि यस क्षेत्रका बासिन्दाले सहज र सुरक्षित यातायात सेवा पाउने विश्वास गर्दै बर्खामा हिलो र हिउँदमा धूलोका कारण यातायातमा हुने समस्याको अन्त्य हुने थापाको भनाई छ ।

 

यसको साथै, मानपुर–डेढगाउँ सडक खण्डको सम्पन्नता पछि स्थानीयलाई राम्रो यातायात सेवा प्राप्त भएको दाबी गर्दै, मदन मोटर मार्ग र पशुपति मोटरमार्ग जस्ता शाखा बाटोहरूको निर्माणका लागि बजेट विनियोजन गरिसकिएको तर ठेकेदारले काम गर्न ढिलाई गरेको कारण केही समस्याहरू आएको पिडा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई