शुक्रबारदेखि मुग्लिन–मलेखु सडक राति बन्द हुने

Devghat Online

शेयर गरौ

चितवन । जेठ २९

पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–मलेखु सडकखण्डमा भोलिदेखि रातको समयमा बन्द हुने भएको छ । रातको समयमा सवारी आवागमन रोक्दै सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले जेठ ३० गते शुक्रबारदेखि असार ७ गतेसम्म रातिमा सडक बन्द हुने भएको हो । प्रत्येक रात १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म सवारी आवागमन बन्द रहनेछ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख इन्जिनियर केदारप्रसाद नेपालका अनुसार, बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सडक बन्द गर्न लागिएको हो । ‘भारी क्रेन प्रयोग गर्नुपर्ने भएकाले रातको समयमा मात्र काम सम्भव भएको हो,’ उनले जानकारी दिए ।

काम सुरु भएको समयमा, सुरक्षा र कामको सहजताका लागि सवारी साधनहरूलाई विभिन्न स्थानमा रोक्ने व्यवस्था गरिएको छ । मलेखुबाट मुग्लिनतर्फ जाँदै गरेका भारी सवारीसाधनहरू मलेखुमा, हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन् ।

उता, मुग्लिनबाट मलेखुतर्फ जान चाहने भारी सवारीहरू मुग्लिनमा र हलुका सवारीहरू कुरिनटारमा रोकिनेछन् । रोकिएका सवारीहरू बिहान ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान पाउनेछन् ।

आयोजनाले यात्रुहरूलाई वैकल्पिक समय र मार्ग अपनाउन आग्रह गरेको छ । अत्यावश्यक सवारीबाहेक अरु सबैलाई तोकिएको समय अवधिभर यात्राबाट परहेज गर्न सुझाव दिइएको छ । स्थानीय बासिन्दा र यात्रुहरूलाई असुविधा भए पनि लामो समयदेखि अलपत्र परेको सडक स्तरोन्नतिको कामले केही सहजता ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता